घरेलु मैदानमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा

घरेलु मैदानमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारबाट टीयु मैदानमा सुरु हुने त्रिकोणात्मक सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा यसअघि यूएई भ्रमणमा रहेका सन्दीप जोरा बाहेकका सबै खेलाडीलाई निरन्तरता दिइएको छ ।

सिरिजमा नेपालले पहिलो खेलमा मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाली टोली-
रोहित पौडेल,  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र सन्दीप लामिछाने

वैकल्पिक खेलाडी-
सन्दीप जोरा,कमलसिंह ऐरी,श्याम ढकाल र अर्जुन साउद

Logo