म कति देखाउन चाहन्छु त्यो निर्णय मेरो हो- रविना देशराज श्रेष्ठ

म कति देखाउन चाहन्छु त्यो निर्णय मेरो हो- रविना देशराज श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

आज अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संसारभरका महिलाहरुले विभिन्न कार्यक्रमका साथ मनाइरहेका छन् । हरेक वर्ष आजकै दिन अर्थात् मार्च ८ मा महिला दिवस मनाइने गरिन्छ । 

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणकाविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू गरिएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सेलिब्रेटी बैंकर भनेर चिनिने नेपालमेगा बैंकका पूर्व कार्यकारी प्रमुख,अभिनेता आयुष्मान जोशीकी आमा तथा अभिनेत्री प्रियंका कार्कीकी सासू रवीना देशराज श्रेष्ठले सामाजिक सञ्जालमा “हाम्रो शरीर हाम्रो अधिकार” भन्दै अभिव्यक्ति दिएकी छिन् । गत फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे मा प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी देशराजले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बोल्ड तस्विरका साथ उक्त स्टाटस लेखेकी हुन् । 

उनी लेख्छिन्- ‘हाम्रो शरीर हाम्रो हो जस भित्र हामी बस्छौं, हामी कति देखाउन चाहन्छौं त्यो निर्णय हाम्रो र नितान्त हाम्रो मात्र हो, मलाई तपाईंको निर्णयसँग वास्ता छैन, तपाईको अभिव्यक्ति भित्र मलाई नबसाउनु किनकी म भित्र उनी छिन्, जो एक आमा, साथी, प्रेमी, बहिनी, काकी र हजुरआमा हुन् । उनी यती बाचिसकिन की उनलाई थाँहा छ उनी को हुन् ? रुपिकौरले भनेजस्तै हाम्रो विगतलाई कुनै किताबका पानाहरुमा समेटिन सक्दैनन्। उनलाई खेल्न देउ, उनलाई बाँच्न देउ, उनलाई रुन देउ यदि उनी चाहन्छिन् भने, उनलाई खुशीमा नाच्न र हर्षोल्लासका साथ उफ्रन देउ । जब हरेक महिलाले यस्तो गर्न सक्छिन् । तब मात्र हामी स्वतन्त्र हुन पाउँछौं ।’
 
रविना बैंकिङ क्षेत्रमा उच्च व्यवस्थापनमा पुग्ने सीमित नेपाली महिलामा पर्छिन् । रविनाले स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी थिइन् । उनी नबिल बैंक हुँदै मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत थिइन् । मेगा बैंक नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने भएपछि रविना इन्भेस्टमेन्टमा डेपुटी सीईओ हुने सहमति भएको थियो । तर, उनले ठूलो बैंकको डेपुटी सीईओको पद अस्वीकार गर्दै राजीनामा दिएकी थिइन् । 

तीन दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत देशराज बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । बैंकिङ क्षेत्रबाट सन्यास लिएपछि उनी अहिले आफ्ना प्रेमीसँग सुखद् समय व्यतित गरिरहेकी छिन् । बेलाबेलामा उनले प्रेमीसँगका रोमान्टीक तस्बीरहरु सार्वजनिक गरिरहन्छिन् । 

भारतको कोलकत्तास्थित ‘मदर टेरेसाज होम फर द वर्ल्ड एण्ड चिल्ड्रेन’बाट आफ्नो करिअर सुरू गरेकी उनले त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छन्। उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फिनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन् ।

Skip This
Skip This
Logo