नेपाली कांग्रेससहित ८ दलबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेल नयाँ बानेश्वरस्थित मतदानस्थल पुगेका मतदातासँग भोट माग्दै छन् । पौडेलले मतदानका लागि लाइनमा बसेका सांसद तथा प्रदेशसभा सदस्यसँग मत मागिरहेका छन्।
पौडेलले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै ८ दल र सांसद तथा प्रदेश सभा सदस्यहरूले आफूलाई सहयोग गर्ने भएकोले निर्वाचित हुनेमा ढुक्क रहेको प्रतिक्रिया दिएका छन्।
राष्ट्रपतिमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ।





























प्रतिक्रिया