नेपालका ओपनर आशिफ शेखले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध सानदार शतक प्रहार गरेका छन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर शेखले १०१ बलमा शतक प्रहार गरेका हुन् । सुरुवातमै दुई ठूला जीवनदान पाएका उनले शतक बनाएका हुन् । तेस्रो ओभरको चौथो बलमा तीव्र गतिका बलर सेमो कमियाको बलमा एज लागेपनि फस्ट स्लिपमा सेसे बाउले क्याच ड्रप गर्न पुगे । त्यस्तै, नवौं ओभरको पाँचौं बलमा पुन पपुवा न्युगिनीका फिल्डरले उनको क्याच छाड्न पुगेका थिए ।
साथै उनले एकदिवसीय क्रिकेट करिअरमा हजार रन पूरा गरेका छन् । सन् २०२१मा सेप्टेम्बर ७ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले नेपालका लागि ३२ खेल खेलेका छन् ।
सानदार सुरुवात गरेको नेपालले हाल ३५ ओभरमा ३ विकेट गुमाउँदै १८६ रन बनाएर खेलिरहेको छ । पहिलो विकेटका लागि ओपनरद्वय शेख र कुशल भुर्तेलले ११० रनको साझेदारी गरेका थिए । भुर्तेल ४५ रनमा क्याच आउट हुन पुगे ।





























प्रतिक्रिया