प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । साथै अदालतले उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि प्रचण्डको नाममा आदेश जारी गरेको छ ।
१ माघ २०७६ मा टुंडिखेलमा माघी पर्वमा अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माओवादी युद्धकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए । उक्त अभिव्यक्तिलाई युद्धकालमा मारिएका व्यक्तिको हत्यालाई स्वकार्दै साबिती बयान दिएको भन्दै ज्ञानेन्द्रराज आरणसहित र चिरन्जीविवास गिरीसमेतले गत मंगलबार छुट्टाछुट्टै रिट दायर गर्दै तत्काल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरेका थिए ।
सर्वोच्चकाे आदेश-
_faukiyOfG3.jpg)
_SHERCkmMns.jpg)





























प्रतिक्रिया