प्रचण्डविरुद्धको मुद्दा जनयुद्धमाथि आक्रमण हो, जवाफ दिन तयार छौँ -विप्लव

प्रचण्डविरुद्धको मुद्दा जनयुद्धमाथि आक्रमण हो, जवाफ दिन तयार छौँ -विप्लव

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिहरुलाई बिनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाइएको बताएका छन् । 

शुक्रवार चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले प्रधामन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताएका हुन् । उनले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरु तयार रहेको बताए । 

उनले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगत रुपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्विकार गर्ने प्रवृतिसँग सम्बन्धित रहेको उल्लेख गरे । महासचिव विप्लवले सो मुद्दालाई आफुहरुले अस्विकार गर्ने बताए ।  

महासचिव चन्दले प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिला मात्रै नभएर राज्य र जनताको मामिला भएको भन्दै आफूहरु त्यसको प्रतिरोधमा उत्रेको बताए । उनले माओवादी घटकहरु एक हुने सम्भावना रहेको र त्यसको निम्ति छलफल पनि भइरहेको बताए । 

Skip This
Skip This
Logo