सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकमा प्रभु साह पनि सहभागी

सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकमा प्रभु साह पनि सहभागी

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि सहभागी भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा साह पनि उपस्थित भएका हुन् । 

२०७९ साल मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं। ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह निर्वाचित भएका थिए।  उनले निर्वाचित भएपछि नयाँ पार्टीको नाम आम जनता पार्टी राखी निर्वाचन आयोगमा दर्ता गराएका थिए। 

आम जनता पार्टी पनि सहभागी भएसँगै नौ दलीय सत्ता गठबन्धन दश दलीय भएको छ । उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।  

Skip This
Skip This
Logo