नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थको नांगो दलाली गरेको टिप्पणी गरेका छन् ।
शनिवार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपालले कम्युनिष्ट पार्टीका उम्मेदवारलाई राष्ट्रपति बन्न नदिएको आरोप लगाएका हुन् ।
‘माधव नेपालले भर्खरै भाषण गरे । प्रचण्डजीले राष्ट्रपति मलाई हुनु भनेर प्रश्ताव गर्नुभएको थियो, मैले मानिनँ काँग्रेसलाई नै बनाउनुपर्छ भनेर मैले प्रश्ताव गरे भनेर उहाँले आफैँले भन्नुभएको छ । वामपन्थीले राष्ट्रपति जित्नु हुँदैन भनेर प्रचण्ड डाको छोडेर ठाउँ–ठाउँमा रोएको त तपाईहरुले देख्नै भएको छ । डाको छोडेर रोएका छन् उनी । वामपन्थी राष्ट्रपति हुनै दिनु हुँदैन । देश खत्तम हुन्छ । माधव नेपालले भनेको सुन्नुभयो होला, एमालेको राष्ट्रपति भयो भने त देश ध्वस्त हुन्छ । यो नांगो दक्षिणपन्थी र दक्षिणपन्थताको दलाली हो ।’ उनले भने ।
अध्यक्ष ओलीले देशमा जातिय आधारमा नभई वर्गिय आधारमा आरक्षण दिइनुपर्ने बताए । जातिय रुपमा आरक्षण दिँदा त्यसको दुरुपयोग भएको भन्दै उनले व्यक्तिको आर्थिक अवस्था हेरेर आरक्षण दिइनुपर्ने बताए ।





























प्रतिक्रिया