बारामा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

बारामा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सडक दुर्घटनामा परी शनिबार साँझ बारामा एक जनाको ज्यान गएको छ ।   

साँझ करिब साढे ६ बजे  बारा महागढीमाई नगरपालिका ८ थलही पुल नजिकै कलैयाबाट लङ्गडाचोक तर्फ जाँदै गरेको ना. ३७ प ४१४८ न.को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको  गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सो दुर्घटनामा आदर्श कोतवाल गाउँपालिका–१ जमुनिया बस्ने २२ वर्षीय विकास कुमार साहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ भने फरार रहेको गाडीको खोजतलास भइरहेको जनाएको छ ।

Logo