महोत्तरीको मोबाइल पसलमा आगलागी, १५ लाखको क्षति

महोत्तरीको मोबाइल पसलमा आगलागी, १५ लाखको क्षति

केन्द्रबिन्दु
0
Shares

महोत्तरीको गौशाला बजारको एक मोबाइल पसलमा आगलगी हुँदा लाखौंको क्षति भएको छ । 

शनिवार राति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलगी हुँदा करिब १५ लाख बराबरको समान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार पसलभित्र जडान गरिएको विद्युतको तार सर्ट हुँदा आगलागी भएको खबर पाउने बितिक्कै घटनास्थलमा प्रहरी पुगेर आगोलाई नियन्त्रणमा लिएको थियो । 

क्षतिको थप विवरण आउन बाँकी छ । 

Logo