साताको पहिलो दिन १७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोाबार ?

साताको पहिलो दिन १७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोाबार ?

केन्द्रबिन्दु
0
Shares

आइतबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको १७ सय रुपैयाँले बढेको हो । आज नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ३०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको जानकारी दिएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलााम १ हजार २२० रुपैयाँ कायम थियो ।
 

Skip This
Skip This
Logo