माग सम्बोधन नगरे राष्ट्र बैंक र संसद भवन घेर्ने व्यवसायीहरूकाे चेतावनी [तस्विरमा]

माग सम्बोधन नगरे राष्ट्र बैंक र संसद भवन घेर्ने व्यवसायीहरूकाे चेतावनी [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरबिरुद्ध आन्दोलन गरेका छन् । 

आईतवार माईतीघर मण्डलामा भेला भएर विभिन्न उद्योगी तथा व्यवसायीहरुले आन्दोलन गरेका हुन् । आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताए । उनले बैंक तथा वित्तीय संस्थाको उच्च दर आतंकाकाबिरुद्ध आफूहरुले आन्दोलन गरेको बताए । 

सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने उनले चेतावनी दिए । 
 
उनीहरुले मौद्रिक नीति परिमार्जन गर, ब्याज दरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका प्ले कार्ड बोकेर आन्दोलन गरेका थिए ।  

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

Skip This
Skip This
Logo