नेपालले आइसीसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध पाँचौ सफलता लिएको छ ।
टीयु क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको युएईले १३ ओभरमा ५ विकेट गुमाएको हो । नेपालका सन्दीप लामिछानेले १३ ओभरको चौथो बलमा रोहन मुस्तफालाई ६ रनमा आउट गरेका हुन् ।
त्यसअघि पहिलो, तेस्रो, पाँचौँ र छैटौँ ओभरमा यूएईले तीन विकेट गुमाएको थियाे । स्पिनर ललित नारायण राजवंशीले पहिलो ओभरको पाँचौं बलमा वृत्य अरविन्दलाई बोल्ड गर्दै पेभेलिएन फर्काए भने तेस्रो ओभरको चौथो बलमा आर्यन लाक्रालाई शून्यमा दीपेन्द्रसिंह ऐरीले बोल्ड आउट गरे ।
साथै चौथो ओभरको चौथो बलमा राजवंशीले मोहम्मद वासिमलाई र पाँचौ ओभरको पहिलो बलमा सोमपाल कामीले आशिफ खानलाई ६ रनमा पेभेलिएन फर्काए ।





























प्रतिक्रिया