नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमले ३ वटा विद्युतीय कार खरिद गरेको छ । निगमले बीवाईडी ई ६ इलेक्ट्रिक कार खरिद गरेको हो ।
निगमले सबैभन्दा कम मूल्यको बीवाईडीको कार खरिद गरेको बताइएको छ । बीवाईडीको सो इलेक्ट्रिक कारको मूल्य ५९ लाख रुपैयाँ छ । निगमले महँगो पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्यसहित विद्युतीय सवारी किनेको हो । निगमले महँगो मूल्यमा खरिद गरेर ल्याएको पेट्रोलियम पदार्थको खपत घटाउने योजना चालू आर्थिक वर्षको बजेटमै समेटिएको छ ।
यो नेपाली बजारमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार भएको कम्पनीको दावी छ, जसले सिंगल चार्जमा ५२२ किलोमिटर रेन्ज दिन्छ । यो गाडीमा ७१.७ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग गरिएको छ भने ७० किलोवाटको मोटर छ ।
नेपालमा बीवाईडीका कार बिक्री–वितरण गरिरहेको साइमेक्स इंकले ती कार निगमलाई हस्तान्तरण गरेको छ ।





























प्रतिक्रिया