नेपालका अनुगमन कार्य इकाईहरु कमजोर भए -पूर्वमन्त्री शाह

नेपालका अनुगमन कार्य इकाईहरु कमजोर भए -पूर्वमन्त्री शाह

केन्द्रबिन्दु
0
Shares

पूर्वमन्त्री गणेश शाहले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण बनाउन आवश्यक रहेको बताएका छन् । 

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री शाहले यस्तो बताएका हुन् । उनले नेपालका अनुगमन कार्य इकाईहरु कमजोर भएको महशुस भइरहेको बताए । उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण र प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए । 

उनले अनुगमन र निरीक्षणको बिस्तार एवं प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीत, नियम बनाएर अघि बढ्न जरुरी रहेको बताए । 

त्यस्तै, उपभोक्ता अधिकारवादी ज्योति बानियाँले डिजिटल माध्यमहरुलाई समयानुकुल बनाउँदै लैजानुपर्नै बताए । उनले सेवाको गुणस्तरलाई बिस्तार गर्दै लैजान आवश्यक रहेको बताए । इन्टरनेट सेवाको चुस्तता कमजोर रहेकाले त्यसमा विचार गर्नुपर्ने आवश्यक्ता उनले औंल्याए । 

उनले टेक्नोलोजीमा मर्काको बिरुद्ध उजुरी विकट स्थानका नागरिकहरुले संघीयता अनुसार नै दर्ता गर्न पाउनका लागि कानून संशोधन गर्नुपर्ने बताए । 

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले नयाँ प्रविधिमार्फत सेवाहरु पनि प्रवाह गर्न दूरसञ्चार प्राधिकरणले आफ्नो भुमिका खेलिरहेको बताए । उनले प्राधिकरणले उपभोक्ताको अधिकारको सवालमा सक्दो काम गर्दै आएको बताए । 
 
निर्देशक घिमिरेले प्राधिकरणले उपभोक्ताहरुलाई सुसुचित गराउने, शिक्षित बनाउने, छनोटको अधिकार दिलाउने कामहरु गर्दै आएको बताए । 

Skip This
Skip This
Logo