ब्याटिङ र बलिङ चम्किँदा पिएनजीमाथि नेपालको सानदार जित

ब्याटिङ र बलिङ चम्किँदा पिएनजीमाथि नेपालको सानदार जित

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पपुवा न्युगिनीमाथि सानदार जित दर्ता गरेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले पिएनजीलाई ९ विकेटले स्तब्ध बनाएको हो । 

टीयु क्रिकेट मैदानमा पिएनजीले जितका लागि दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले ७.४ ओभरमा एक गुमाउँदै पूरा गरेको हो । ओपनर आशिफ शेखले सानदार अर्धशतक प्रहार गरे । उनी २१ बलमा ८ चौक्का र ३ छक्काको मदतमा ५३ रन बनाउँदै अविजित रहे । त्यस्तै, अर्का ओपनर कुशल भुर्तेलले २ छक्का र ४ चौक्काको मदतमा ३३ रन जोडे । उत्कृष्ट सुरुवात गरेको नेपालले तीन ओभरमै ५१ रन जोडेको थियो ।  साथै कुशल मल्ल १२ रनमा अविजित रहे ।

May be an image of 3 people, people standing, people playing sports and textत्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा अलआउट हुँदै ९५ रन जोडेको हो । नेपालको कसिलो बलिङ र फिल्डिङमा पिएनजीका खेलाडी खुलेर किजमा टिक्न सकेनन् ।

May be an image of 6 people, people playing sports, people standing and outdoorsपिएनजीका कप्तान आसाद भालाले २० रन, सेसे बाउले १८ रन, चाल्र्स अमिनीले १६ रन तथा हिरि हिरिले १४ रन जोड्नुबाहेक अन्य खेलाडी सस्तैमा पेभेलिय फर्किए । 

May be an image of 1 person, playing a sport, outdoors and textबलिङतर्फ नेपालका स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट दिलाए । उनले करिअरको तेस्रो पटक ओडिआईमा तीन पटक पाँचमाथि विकेट लिएका हुन् । उनी पछिल्लोसमय उत्कृष्ट लयमा छन् । उनले प्रत्येक खेलमा नेपाललाई महत्वपूर्ण विकेट दिलाएका छन् । त्यस्तै, ललितनारायण राजवंशी र कुशल मल्लले समान २/२ विकेट लिए भने सोमपाल कामीको नाममा एक विकेट रह्यो । 

जितसगै नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । पराजित पपुवा न्युगिनी समान खेलमा ११ अंकका साथ तालिकाको पुछारमा छ । 

नेपाल चौथो स्थानमा रहँदै आगामी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरिसकेको छ । अब नेपालले लिग–२को अन्तिम खेलमा बिहीवार युएईसँग खेल्नेछ । उक्त खेल जिते नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर पाउनेछ । पछिल्लो खेलमा नेपालले युएईमाथि १ सय ७७ रनको सानदार जित हात पारेको थियो । 

Logo