सन्दीप लामिछानेले जिते प्लेयर अफ द म्याच अवार्ड

सन्दीप लामिछानेले जिते प्लेयर अफ द म्याच अवार्ड

केन्द्रबिन्दु
0
Shares

नेपालका स्पिनर सन्दीप लामिछानेले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध प्लेयर अफ द म्याच अवार्ड जितेका छन् ।

सोमबार टीयु क्रिकेट मैदानमा पिएनजीविरुद्ध नेपालले ९ विकेटको सानदार जित निकाल्दा सन्दीप प्लेयर अफ द म्याच चुनिएका हुन् । उनले खेलमा एक्लैले सर्वाधिक ५ विकेट दिलाए । उनले करिअरको तेस्रो पटक ओडिआईमा तीन पटक पाँचमाथि विकेट लिएका हुन् । उनी पछिल्लोसमय उत्कृष्ट लयमा छन् । उनले प्रत्येक खेलमा नेपाललाई महत्वपूर्ण विकेट दिलाएका छन् । 

त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा ७.४ ओभरमै भेट्याएको हो । नेपालका लागि सर्वाधिक आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्काको मद्दतले ५३ रनको अर्धशतकीय पारी खेल्दै नटआउट रहेका थिए । कुशल भुर्तेलले १४ बलमा ३३, कुशल मल्लले १३ बलमा १२ रन जोडेका थिए ।

Logo