सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संसदमा महिलाहरुले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन् । उनले अवसर पाएका महिलाहरुलाई असफल हुने छुट नभएको बताइन् ।
संसदमा कानून निर्माण गर्दा महिलाहरुले नै सबैभन्दा बढी संशोधन गर्ने भएपनि त्यसको मूल्यांकन हुन नसकेको उनले बताइन् ।
मन्त्री शर्माले संसदमा कोरम पु-याउने सवालमा पनि महिलाहरुको उपस्थिति महत्वपूर्ण रहेपनि त्यसको बाहिरी पक्षमा मूल्यांकन गर्न नसकेको बताइन् । उनले संसदको बैठक आयोजना र व्यवस्थापन गर्नेकुरामा पनि महिलाहरुको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरुले महिलाको मूल्यांकन गरी खोजमुलक पत्रकारिता गर्नुपर्ने बताइन् ।
मन्त्री शर्माले पुरुष असफल हुन भनेको एउटा व्यक्ति मात्रै असफल हुनु रहेको तर महिलाहरु असफल हुँदा समाज नै असफल हुने बताइन् ।





























प्रतिक्रिया