ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले राष्ट्र बैंक अघि गरे प्रर्दशन

ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले राष्ट्र बैंक अघि गरे प्रर्दशन

केन्द्रबिन्दु
0
Shares

व्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् । 

उनीहरुले ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । ब्याजदर महँगो भयो, प्रिमियम दर नियन्त्रण गर्नु पर्ने तथा बैंकहरुले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य बन्द गरिनु पर्ने जस्ता ब्यानर बोकेर उद्योगी व्यवसायीहरुले सडकमा धर्ना बसेका थिए ।

प्रर्दशनमा मोरङ व्यापार संघ र विभिन्न जिल्ला तथा नगरका व्यवसायी संघका प्रतिनिधिहरु सहभागी थिए । साथै प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जान श्रेष्ठ पनि सहभागी थिए । विभिन्न व्यवसायी तथा उद्यागीहरूले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदरविरुद्ध सामूहिकरूपमा आन्दोलन गरेका हुन् ।

सो क्रममा उद्योग वाणिज्य महासंघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले मनपरी रुपमा ब्याजदरमा बृद्धि गरिरहेको बताएका छन् । यस्तो अवस्थालाई रोक्नुपर्ने उनको माग छ ।  

यस्तै, संर्घष समितीका संयोजक तथा मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजाल भन्छन्– ‘मौदिक नितिमा सुधार ल्याउनुपर्यो, चालुपुजी निर्देशिका हालको लागि खारेज गर्नुपर्यो, बैंकको प्रिमियम दरलाई २ प्रतिशतमा कायम गर्नुपर्यो, हामी यस्तै ६–७ वटा मुद्धाहरु लिएर सडकमा उत्रेका छौं ।’ 

व्यवसायीहरूले चालू आर्थिक वर्षको मौद्रिक नीतिका कतिपय बुँदाहरू परिमार्जन गर, ब्याजदरमा स्थिरता कायम गर, चालू पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवाशुल्क बन्द गरलगायतका नाराहरू लगाउँदै आन्दोलन गरेका हुन् ।

Logo