सानिमा मिडिल हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

सानिमा मिडिल हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । 

कम्पनिका अनुसार गत फागुन २६ गते शुक्रबारदेखि निष्काशन खुला गरेको आईपीओ आज (मंगलबार) कार्यालय समयभित्र इच्छुक लगानीकर्ताले भर्न सक्ने छन् । 

उक्त कम्पनीले गत फागुन २६ गते सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आईपीओ निष्काशन खुला गरेको थियो । सो कम्पनिले आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर बिक्री गरिसकेको पछि सर्वसाधारणका लागि आईपीयो निष्काशन खुला गरेको हो । 
 
सो कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

Logo