तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

मंगलबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । 

अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार एकसय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप १६ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको हो । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि तोलामा १६ सय रुपैयाँले बढेर १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बढ्दै एक हजार ३ सय रुपैयाँका कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

Skip This
Skip This
Logo