सिक्लेस हाइड्रोपावरले १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करसहितको उक्त नगद लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीको चैत २० गते वार्षिक साधारण सभा बस्नेछ । यस्तै, सभामा सार्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन, प्रबन्धपत्र तथा नियमावली संशोधन, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका एजेन्डाहरु पेस हुने कम्पनीले जनाएको छ।
सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्नेछ । चैत १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।





























प्रतिक्रिया