एनआईसी एशिया बैंकमा अब डिजिटल खाता खोल्न सकिने

एनआईसी एशिया बैंकमा अब डिजिटल खाता खोल्न सकिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एनआईसी एशिया बैंकले समय अनुरुप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै सेवाग्राही आफै‌ बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने डिजिटल एकाउन्ट ओपनिंग प्रणालीको सुरुवात गरेको छ ।

ग्राहकले उक्त डिजिटल एकाउन्ट ओपनिङ प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था बैंकले गरेको पनि जनाएको छ ।

यस प्रणालीमा सेवाग्राहीहरूले चमत्कारिक सुविधाहरूले भरिपूर्ण ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफूले इच्छाएको खाता छनौट गरी बिना झन्झट आफ्नो खाता डिजिटल रुपमा खोल्न सक्ने बैंकले जनाएको छ ।

कम्प्युटरमा दक्षता नपुगेका ग्राहकहरुका लागि बैंकका कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने समेत व्यवस्था गरेको भन्दै बैकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको व्यवस्था गरेको पनि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले बताए ।

Skip This
Skip This
Logo