आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि यूएईले बलिङको निम्तो पाएको हो । पीएनजी आजको खेलमा सहज जित निकाल्दै लिग–२ को सुखद अन्त्य गर्ने योजनामा छ । यता यूएई पनि आजको खेलमा जित निकाल्दै दुई अंक बटुल्न चाहन्छ।
लिग–२ मा यूएई ३४ खेलबाट १४ जित र १७ हारसँगै ३१ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । पीएनजी ३५ खेलबाट ५ जित र २९ हारसँगै ११ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।





























प्रतिक्रिया