लकडाउन अवधिको ५० प्रतिशत पारिश्रमिक पाउने गरी रोजगारदाता र ट्रेड युनियनबीच सहमति

लकडाउन अवधिको ५० प्रतिशत पारिश्रमिक पाउने गरी रोजगारदाता र ट्रेड युनियनबीच सहमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को महामारीको रोकथामको लागि सरकारले जारी गरेको लकडाउनका कारण उद्योग र व्यवसाय बन्द रहेको अवधिको श्रमिकले पाउने पारिश्रमिक ५० प्रतिशत दिने गरी रोजगारदाता र ट्रेड युनियनबीच सहमति भएको छ ।

रोजगारदाताहरुले लकडाउन समयको पारिश्रमिक श्रमिकहरुलाई दिन कठिनाई भएकाले सो अवधिको पारिश्रमिक दिने सम्बन्धमा सरकारमा सुझाव पेश गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको समन्वयमा रोजगारदाताका प्रतिनिधि संस्थाहरूका तर्फबाट यसमा निरन्तर पहल भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघसहित रोजगारदाता संस्थाहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्व ट्रेड युनियन महासंघहरूबीच लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानी लगायतका विषयमा नेपाल सरकार समक्ष सिफारिश गर्न द्विपक्षीय सहमति भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा लामो समयदेखि जारी औपचारिक एवं अनौपचारिक छलफलबाट रोजगारदाता र ट्रेड युनियन महासंघहरूबीच मङगलबार सहमति भएको हो ।

सहमति अनुसार श्रमिकले चैतको पुरै तलब पाउने छन् भने बैशाख र जेठको ५० प्रतिशत तलब पाउने सहमति भएको छ । उद्योग प्रतिष्ठानले ०७६ चैत्र महिनाको पारिश्रमिक भुक्तानीको हकमा लकडाउन अवधि समेतका लागि साविक बमोजिम पूरा पारिश्रमिक भुक्तानी गरिने, श्रमिकको पारिश्रमिक बारे नेपाल सरकारको निर्णयको सन्दर्भमा ०७७ वैशाख महिनाको लागि श्रमिकको ५० प्रतिशत पारिश्रमिक भुक्तानी गरी फरफारक गर्ने र ०७७ जेष्ठ महिनाको हकमा लकडाउनको कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशत मात्र भुक्तानी गर्ने सहमति भएको छ ।

Skip This
Skip This
Logo