मौसम पूर्वानुमानः पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमानः पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी  भू–भागका थोरै स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा अपराह्नतिर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

राति मधेस, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने महाशाखाले जनाएको छ। 

Logo