त्रिवि क्रिकेट मैदानमा दर्शकको भीड नियन्त्रण गर्न प्रहरीद्वारा लाठीचार्ज

त्रिवि क्रिकेट मैदानमा दर्शकको भीड नियन्त्रण गर्न प्रहरीद्वारा लाठीचार्ज

केन्द्रबिन्दु
0
Shares

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा त्रिवि क्रिकेट मैदान समर्थकले भरिएको छ।

खेल सुरु हुनुअघि नै मैदान दर्शकले भरिएको थियो। मैदान बाहिर समेत समर्थकको भीड रहेको छ। समर्थकको भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गरेको थियो। खेल मैदान प्रवेश गर्ने मुख्य गेटदेखि नै दर्शकको भीड छ। समर्थकहरू पञ्चेबाजासहित मैदानमा उपस्थित भएका छन्।  

लिगको अन्तिम खेलका लागि चैत १ गते नै सबै ११ हजार टिकट बिक्री भएको थियो। टिकट नपाएर समर्थकहरू मैदान छिर्न नपाएपछि मैदानबाहिरबाटै समर्थकहरू हुटिङ गरिरहेका छन्।

लिग–२ सिरिजको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्दैछ। 

 

Logo