नेपालका युवा व्याटर भीम सार्कीले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि सार्कीले ६० बलमा अर्धशतक प्रहार गरेका हुन् । उनको यो करिअरको दोस्रो अर्धशतक हो । यसअघि युएईविरुद्ध नै पहिलो अर्धशतक प्रहार गरेका थिए ।
नेपाल हाल २६ ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएर खेलिरहेको छ । क्रिजमा भीमलाई आरिफ शेखले साथ दिइरहेका छन् । यसअघि युएईविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले सानदार अर्धशतक प्रहार थिए । उनी ३५ बलमा ३ चौका र ४ छक्काको मदतमा ५० रन बनाउँदै पवेलियन फर्किए ।
नेपालका ओपनर आशिफ शेख, कुशल मल्ल र कप्तान रोहितकुमार पौडेल पनि सस्तैमा समेटिएका थिए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो । सन् २०१९ देखि सुरुआत भएको आइसीसी विश्वकप लिग -२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनभित्र पर्दै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ ।































प्रतिक्रिया