राष्ट्रपति पौडेलको सचिवालयमा पाँचजना नियुक्त

राष्ट्रपति पौडेलको सचिवालयमा पाँचजना नियुक्त

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच जनालाई नियुक्त गरिएको छ । 

पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका थिए । त्यस्तै, सहयोगी चिरञ्जिवी अधिकारी निजी सचिव नियुक्त गरेका थिए ।

नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्कीलाई मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त गरिएको छ । नेविसंघका नेता सुशील तिमल्सिनालाई पनि सचिवालयमा नियुक्त गरिएको छ । राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त भएका छन् । 

Skip This
Skip This
Logo