सिन्धुलीमा पहिराेमा च्यापिएर एक जनाको मृत्यु

सिन्धुलीमा पहिराेमा च्यापिएर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिन्धुलीमा पहिराेमा च्यापिएर एक जनाको मृत्यु भएको छ । 

फिक्कल गाउँपालिका–३ खुरहरीमा आफ्नै बारीको ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको पहिराले च्यापिएर आज दिउँसो उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय टेकबहादुर परियार छन् । 

पहिराले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिकामा अवस्थित बाहुनतिल्पुङ स्वास्थ्यचौकी पु-याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

Logo