इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
स्पेनिस क्लब रियल बेटिसलाई १–० ले तथा समग्रमा ५–१ ले हराउँदै गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। पहिलो लेगमा युनाइटेडले ४–१ को सहज जित हात पारेको थियो।
गएराति सेभिल्लामा भएको दोस्रो लेगमा युनाइटेडलाई जिताउन मार्कस रासफर्डले निर्णायक गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा उनले गोल गर्दै युनाइटेडलाई सुरूआती अग्रता दिलाए।





























प्रतिक्रिया