म्याग्दी बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ५ घण्टा यातायात बन्द गर्ने जनाइएको छ ।
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार चैत ३ गतेदेखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ बजेसम्म र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम हनेछ ।
चैते दशैंको समयमा भने कागबेनीमा स्नान गर्ने तीर्थयात्रीलाई लक्षित गरी चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ ।





























प्रतिक्रिया