गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले किरियापुत्री बसेकै अवस्थामा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिएका छन् ।
कांग्रेस नेतासमेत रहेका उनी आठ दिनदेखि बुबाको आशौच बारिरहेका छन् । तर, उनी उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा सहभागी हुन सेतो लुगा लगाएर पुगेका हुन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् ।































प्रतिक्रिया