सूर्यमालालाई व्यस्त बनाउँदै निकेश खड्काले ल्याए आमा गीत

सूर्यमालालाई व्यस्त बनाउँदै निकेश खड्काले ल्याए आमा गीत

केन्द्रबिन्दु
0
Shares

चलचित्र निर्देशक समेत रहेका निर्देशक निकेश खड्काको निर्देशनमा आमा बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
 
सविसंगम राईको संगीतमा गायक नरेन्द्र राईले आफ्नी दिवंगत आमा बिन्द्र माया राईको सम्झनामा गाएको गीतका शब्दलाई जानुका राईले रचेकी हुन् । भिडियोमा गायक नरेन्द्रले छोराको भूमिकामा आफैले अभिनय गरेका छन् भने उनकी आमाको भूमिकामा शसक्त अभिनयकी धनी कलाकार सूर्यमाला खनालले अभिनय गरेकी छिन् । 

सूर्यमाला खनाल लोकप्रिय अभिनेता सरोज खनालकी पत्नी हुन् जो नेपाली सिनेमा, नाटक र म्यूजिक भिडियोहरुमा बेला बेलामा देखिइरहन्छिन् । 
 
मातृत्व वर्णन गरिएको शब्दलाई गायक नरेन्द्र जीको आमा प्रतिको माया र सम्झना समेट्दै आफूले रचना गरेको र गायक नरेन्द्र राईले त्यसलाई पूर्ण साकार पारिदिएको भन्दै रचनाकार राईले यो गीत हरेक सन्तानका लागि आमा सम्झिने एक गीत भएको बताएकी छिन् । २०२३ फ्रेब्रुअरी १९ तारिखका दिन आमा गुमाएका गायक राईले यो गीत बनेपछि बल्ल मनमा शान्ति भएको र आमा सधै आफूसँगै रहेको अनुभूति भएको बताएका छन् । 

Skip This
Skip This
Logo