पत्रकारहरु बिक्रीमा रहेको प्रतिनिधिसभाका सभामुख घिमिरेको टिप्पणी

पत्रकारहरु बिक्रीमा रहेको प्रतिनिधिसभाका सभामुख घिमिरेको टिप्पणी

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गरेका छन् । 

शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले आफूमा यस्तो मान्यता रहेको बताएका हुन् । उनले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे । 

मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेको बुझाई छ । उनले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकीर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए । 

उनले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए । उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरुले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए । 

सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगीहरु बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरुलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताए । उनले कानुन निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्राकारहरुको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरुले सोही अनुसार सञ्चारका कामहरु गर्नुपर्ने बताए । 

त्यस अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैत्री कानुन निर्माणमा नेतृत्वदायी निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए । 

Logo