उपराष्ट्रपति चयनका लागि मतदान सम्पन्न, आजै नतिजा आउने

उपराष्ट्रपति चयनका लागि मतदान सम्पन्न, आजै नतिजा आउने

केन्द्रबिन्दु
0
Shares

मुलुकको उपराष्ट्रपति चयनका लागि मतदान सम्पन्न भएको छ। 

सङ्घीय संसद् नयाँ बानेश्वरमा उपराष्ट्रपति चयनका लागि विहान १० बजे सुरु भएको मतदानमा अपराह्न ३ बजे सम्पन्न भएको हो । सो क्रममा ८ सय २९ मत खसेको छ । जसमा  संघीय संसदतर्फ ३ सय ३२ मतदातामध्ये ३ सय ११ जनाले मतदान गरेका छन्। 

निर्वाचनमा नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् ।

अब केहीबेरमै मतगणना सुरु गरिने र आजै नतिजा आउने बताइएको छ । 

Logo