आयोगको परीक्षा आयो, प्रवेश पत्र आएन

आयोगको परीक्षा आयो, प्रवेश पत्र आएन

केन्द्रबिन्दु
0
Shares

प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले आइतबार लिन लागेको लोकसेवा आयोगको परीक्षामा सहभागी हुने परीक्षार्थीहरु अन्याेलमा परेका छन् ।

आयोगले पाचौं तहको परीक्षाको लागि विज्ञापन खोलेर आइतबार ५ गते परीक्षा तोकेको थियो। तर परीक्षार्थीहरुले शुक्रबारसम्म प्रवेश पत्र नपाएपछि अन्‍योलमा परेका हुन्। 

मधेस प्रदेश लोकसेवा आयोग कार्यालयका सचिव नरेशराज खरेलले सर्भर डाउन भएको भन्दै समाधान गर्न प्राविधिकले काम गरिरहेको बताए । उनले सर्भर ठिक भएमा भोलि शनिबार पनि प्रवेश पत्र निकाल्न मिल्नेगरी काम गरिरहेको बताए। 
 

Skip This
Skip This
Logo