नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तहमाथि पुगेको बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै शुक्रवार अध्यक्ष चन्दले यस्तो बताएका हुन् । उनले विश्वकप क्वालिफायरमा छनोट हुनु भनेको नेपाली क्रिकेट एक तहमाथि पुगेको रुपमा क्यानले लिएको बताए ।
उनले क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटर खेलाडीको भविष्य सुरक्षित नहुने भन्दै राज्यले यसमा ध्यान दिन जरुरी रहेको बताए । राज्यले क्रिकेटलाई प्राथमिकतामा मात्रै नभइ खेलकुद क्षेत्रकै पहिलो प्राथमिकताका रुपमा क्रिकेटलाई राख्नुपर्ने उनले बताए ।
अध्यक्ष चन्दले सरकारले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नुपर्ने बताए । आगामी दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकारसँग आग्रह गरे । उनले बिहीवार युएईसँगको खेलमा कीर्तिपुरमा ३० हजार बढी दर्शकहरु पुगेको बताए ।





























प्रतिक्रिया