चैत्र १० गतेसम्म सरकारलाई पूर्णता दिन्छु -प्रधानमन्त्री प्रचण्ड

चैत्र १० गतेसम्म सरकारलाई पूर्णता दिन्छु -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । 

शुक्रवार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । 

प्रधानमन्त्री प्रचण्डले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताए । उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।’ 

प्रधानमन्त्री प्रचण्डले सरकार बिस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बतए । 

Logo