उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकलाई व्यवस्थित बनाउने गरी सरकारले कामको थालनी गरेको बताएका छन् ।
शुक्रवार भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सरकार मुलुकभरका सडकलाई व्यवस्थित बनाउने गरी काम गरिरहेको बताएका हुन् । उनले सडक व्यवस्थित बनाउने अभियान अन्तर्गत नै भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडकको स्थलगत निरीक्षण गरेको भन्दै कालोपत्र हुन बाँकी सडक चाँडै कालोपत्र गरिने प्रतिवद्धता जनाए ।
उनले भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडक निर्माणमा स्थानीय जग्गा मुआब्जा विवाद,खानेपानी निर्माण र अण्डरग्राउण्ड विद्युतको कारण समस्या रहेको उल्लेख गरे । उनले सरकारले चाँडै अदालत,अख्तियार,वन मन्त्रालयसँग छुट्टै सडक निर्माणमा रहेका समस्याका विषयमा छलफल गर्ने बताए ।
मन्त्री श्रेष्ठले राज्यका सबै निकायले विकास निर्माणमा सहयोग गर्ने भएको भन्दै स्वायत्तता निकायको भुमिकालाई सरकारले हस्तक्षेप गर्न नसक्ने बताए । उनले काठमाडौं उपत्यका र उपत्यका बाहिरका रुग्ण आयोजना निश्चित अवधिभित्र आयोजना सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिइएको बताए ।
उनले सडक निर्माण गर्दा कतिपय ठेकेदारको लापरबाही गर्दा निर्माण सम्पन्न नुहने तथा जग्गा मुआब्जा विवादको कारण सडक कालोपत्रे गर्न नसकिएको स्वीकार गरे । उनले भैँसेपाटी र बालाजु,जोरपाटी र मुलपानी सडकमा विवाद कायम रहेको क्षेत्र छाडेर बाँकी रहेको खण्डमा कालोपत्र तत्काल गर्ने बता ।































प्रतिक्रिया