‘सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एआइआइबी लचिलो हुनुपर्छ’ : अर्थमन्त्री

‘सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एआइआइबी लचिलो हुनुपर्छ’ : अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल जस्तो कम आय भएका देशलाई भौतिक पूर्वाधार निर्माणका निम्ति एशियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लचिलो हुनुपर्ने बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार उद्घाटन गरेको बैंक सञ्चालक समूहको पाँचौ बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै उनले एआइआइबीले अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुसँग साझेदारी गरी भौतिक पूर्वाधारमा दिगो लगानी गर्न तथा दिगो विकासका लक्ष्य हासिल गर्न सघाउनु पर्ने बताए ।

अतिकम कार्बन उत्सर्जन गर्ने नेपाललाई कोभिड–१९ ले आर्थिक क्षेत्रमा प्रभाव पारेकाले अर्थतन्त्रको पुनरुत्थान तथा स्वास्थ्य पूर्वाधारका लागि लगानी बढाउन अपरिहार्य भएको मन्त्री खतिवडाले बताए। उनले बैंकको अध्यक्षमा सर्वसम्मत रुपमा पुनः जिन लिक्वुन निर्वाचित भएकामा हार्दिक बधाइ ज्ञापन गर्दै अध्यक्ष जिनको सफल कार्यकालको कामना गरे ।रासस

Logo