काँग्रेस सरकारमा सहभागी हुने, मन्त्री छनोटका लागि तोक्यो मापदण्ड

काँग्रेस सरकारमा सहभागी हुने, मन्त्री छनोटका लागि तोक्यो मापदण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले सरकारमा जाने निर्णय गरेको छ ।

आईतवार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको पनि बताए । 

उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि सरकार बिस्तार हुने बताए । संविधानको रक्षा, संवद्र्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित काँग्रेस सरकारमा जाने निर्णय भएको उनले बताए । 

प्रवक्ता महतले बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई दिने निर्णय गरेको बताए । उनले आज बस्ने संसद बैठकबाट काँग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने बताए ।  

प्रवक्ता महतले बैठकमा कसको निर्णयमा काँग्रेस सरकारमा सहभागी हुने भन्ने निर्णय भने नभइसकेको स्पष्ट पारे । उनले काँग्रेसले मन्त्रीहरु सरकारमा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर पठाउने बताए । 

Skip This
Skip This
Logo