संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्रीलाई नै प्रस्तुत गर्न लगाउन एमालेद्वारा रुलिङ माग

संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्रीलाई नै प्रस्तुत गर्न लगाउन एमालेद्वारा रुलिङ माग

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्री संसदमा स्वयंलाई प्रस्तुत गर्न रुलिङ माग गरेको छ ।

आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले बिरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रश्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङ माग गरेका हुन् । 

एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्रीले प्रश्तुत गर्नुपर्ने र प्रधानमन्त्री संसदमा भएको बेलामा अन्य मन्त्रीलाई किन लगाइयो भन्ने औचित्य पुष्टि गर्न माग गरे । उनले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न दिनु संसदको गरिमालाई अवहेलना गर्नु रहेको बताए । 

उनले सरकारले संसदमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ नदिएको भन्दै प्रधानमन्त्रीलाई यस बारेमा पनि जवाफ दिन सभामुखसमक्ष रुलिङ माग गरे । 

त्यस्तै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्रीले नै पेश गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न लगाउनु उचित नहुने बताए । 

सांसद भट्टराईले संवैधानिक परिषद् सम्बन्धी विधेयक अर्को मन्त्रीलाई दिनुको औचित्य पुष्टि गर्न चुनौति दिए । 

Logo