“आइएमई पे”को नयाँ अफरः “५ को ५”बाट अब ईयरबड्स जित्ने मौका

“आइएमई पे”को नयाँ अफरः “५ को ५”बाट अब ईयरबड्स जित्ने मौका

केन्द्रबिन्दु
0
Shares

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँअफर सार्वजनिक गरेको छ ।

चैत्र १ देखि १५ गते सम्म चल्ने यस अफरमा ग्राहकहरुले विभिन्न माध्यम, जस्तै लिंक गरेको बैंकको खाताबाट, एम–बैन्किङ वा इ–बैन्किङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसुंग ग्यालेक्सी बड्स २ जित्ने मौका पाउने छन् । 

साथै हरेक दिन कम्तिमा १ पटक सोहि माध्यमहरुबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले एक हजार रुपैयाँ जित्ने मौका पनि पाउनेछन् । सो रकम विजेताको वालेटमा लोड हुनेछ । 

यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उदेश्यका साथ गरिएको कम्पनीले जनाएको छ । 

Logo