त्रिचन्द्रमा स्ववियु चुनाव गर्न बोलाइयो सर्वपक्षीय,सामूहिक वार्ता

त्रिचन्द्रमा स्ववियु चुनाव गर्न बोलाइयो सर्वपक्षीय,सामूहिक वार्ता

केन्द्रबिन्दु
0
Shares

त्रिचन्द्र बहुमुखी क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउने वार्ता बोलाइएको छ। क्याम्पस प्रमुख प्रा डा. सुनिल अधिकारीले एक सूचना जारी गर्दै सर्वपक्षीय वार्ता बोलाएका हुन् ।

‘निर्वाचनका सिलसिलामा असहज परिस्थिति उत्पन्न भई निर्वाचन प्रक्रिया अवरुद्ध भएको र यसरी उत्पन्न समस्याको समाधान वार्ता, छलफल र सहमतिबाट नै हुने करा प्रस्ट छ,’ सूचनामा अगाडि भनिएको छ, ‘यस परिस्थितिमा समस्या समाधानका लागि दिउँसो ३ बजे यस क्याम्पस परिसरमा सर्वपक्षीय, सामूहिक वार्ताका लागि आह्वान गरिएको छ।

वार्तामा सहभागी भई स्ववियु निर्वाचन सफल पार्न सम्बन्धित सबै पक्षलाई अनुरोध गर्दछौँ।’सुचनमा  लेखिएको  छ। त्रिचन्द्रमा नेपाली कांग्रेसनिकट नेविसंघ र नेकपा एमालेनिकट अनेरास्ववियुबीच विवाद हुँदा चुनाव हुन सकेको छैन्।

Logo