जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्ने भएको छ।  पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको  संयोजकत्वमा व्यवस्थापन समितिको बैठक चैत ७ गते मंगलबार बस्ने भएको हो।बैठक पार्टी कार्यालयमा मध्याह्न साढे १२ बजे बस्नेछ। 

जसपाले चैत १५ भित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिएको छ । जसपाको विधान अधिवेशन चैत २७, २८ र २९ गते हुँदै छ ।

 

 

Logo