सरकार बनाउने र भत्काउने खेलले देश समृद्ध बन्दैन -अध्यक्ष केसी

सरकार बनाउने र भत्काउने खेलले देश समृद्ध बन्दैन -अध्यक्ष केसी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन् । 

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिले यही प्रणाली चलाउन नै नसक्ने भएको बताएका हुन् । उनले सरकार संसदको ठूलो पार्टी र ठूलो पार्टीले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनुपर्नेमा तेस्रो पार्टीलाई बोकेर हिँड्नु शर्मनाक रहेको बताए । 

उनले सरकार बनाउने र गिराउने खेती भइरहेको भन्दै लोकतन्त्र र गणतन्त्र जोगिन नसक्ने स्पष्ट पारे । 

अध्यक्ष केसीले सत्ता र स्वार्थका लागि मात्रै लड्न नहुने बताए । आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनेपनि उनले स्पष्ट पारे । 

Skip This
Skip This
Logo