किलिएन एम्बाप्पे फ्रान्सका राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन् ।
यस अघिका कप्तान गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबल बाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानमा नियुक्त गरेको हो ।
सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पुर्याएका एमबाप्पेको कप्तानीमा फ्रान्सले युरोपियन फुटवलमा नयाँ चमत्कार देखाउने विश्वास गरिएको छ।
हाल एम्बाप्पे पेरिस सेन्ट जर्मन (पिएसजी) क्लबबाट व्यवसायिक फुटबल खेल्छन्, जहाँ लियोनेल मेस्सीसहितका विश्व चर्चित खेलाडीहरु आबद्ध रहेका छन ।





























प्रतिक्रिया