गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजना अन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको छ ।
उक्त योजना दुई वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको छ। जलजला गाउँपालिकाअन्तर्गत मिलन चोक बाट सल्यान घाहाखेत/धारापानी/ ठोट्नेरी जोड्ने सडक हालसम्म बन्न सकेको छैन् ।
ठेकेदार कम्पनीले समयमा काम नगर्दा सम्झौता अवधि सकिएको १८ महिना नाघि सक्दा समेत पनि कामले निरन्तरता पाउन सकेको छैन। सडक कालोपत्रको शिलान्यासपछि केही काम भए पनि विगत दुई वर्षदेखि ठेकेदार कम्पनीको रूपमा रहेको हिमदुङ एण्ड थोकर निर्माण सेवा सम्पर्क विहीन बनेको छ ।
कम्पनीले २०७६ मङ्सिरमा रु २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्रको जिम्मा लिएको थियो। गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक आयोजनाअन्तर्गतको सो सडक २०७८ मङ्सिरमा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ। म्याद थप गरेर आगामी असारसम्मको सम्झौता कायम गरिए पनि अहिलेसम्म काम सुरु नभएपछि स्थानीयवासीले विरोध जनाएका छन् ।
गाउँपालिका अध्यक्ष राजु आचार्यले पालिकाले पटक-पटक आग्रह गर्दासमेत सम्पर्कमा नआएको बताए। सडक निर्माणलाई अधकल्चो बनाएर छाडिएकाले बस्तीमा पहिराको जोखिम बढेको छ ।





























प्रतिक्रिया