त्रिविको बेथिति सुधारमा सरकार गम्भीर भएन -सांसद देवकोटा

त्रिविको बेथिति सुधारमा सरकार गम्भीर भएन -सांसद देवकोटा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाएका छन् । 

बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो बताएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि शुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचारहरु विवरणहरु आएपनि सरकार गम्भीर नबनेको बताए । 

उनले शिक्षाको ८०/८५ विद्यार्थी अध्ययनर विद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान भएको जिकिर गरे । उनले त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्य योजना ल्याउन सरकारसँग माग गरे । 

सांसद देवकोटाले पोखराको फेवाताल माथिको अतिक्रमणबारे सरकारले जवाफ नदिएको भन्दै फेवाताल संरक्षणको स्थायी समाधानको कार्ययोजना संसदमा पेस गर्न सरकारसँग आग्रह गरिन् । उनले फेवातालको आसपासको क्षेत्रमा दिनहुँ ३०/४० वटा डोजरहरु जग्गा प्लटिङ भइरहेको र सो क्षेत्रको सार्वजनिक जग्गा ९ सय जना व्यक्तिको नाममा नामसरी गरिएको पुण्य पौडेलको अध्यक्षतामा गठित प्रतिवेदनमा उल्लेख भएकाले सो प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरिन् । 

Logo